मन्त्रीहरु परिवर्तन गर्ने विषयमा यस्तो छ देव गुरुङको प्रतिक्रिया

Read Time = 2 mins

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव नगरेको बताउनुभएको छ ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरु परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्टयाउनु भएको हो ।

उहाँले मन्त्रिपरिषद्को पुर्नगठन प्रधानमन्त्री र दलका नेताहरुको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भने भन्न नसक्ने बताउनुभयो । अनिवार्य रुपमा मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने आवश्यकता पनि नभएको प्रमुख सचेतक गुरुङको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को गठन, पुनर्गठन भन्ने कुरा प्रधानमन्त्रीको अनुभुतिको आधारमा हुने कुरा हो । दलका नेताहरुको अनुभुतिको आधारमा हुने कुरा हो कति परिवर्तन गर्ने, नगर्ने भन्ने कुरा उहाँहरुले बिचार गर्ने विषय हो । त्यसकारणले गर्दाखेरी निरपेक्ष रुपमा पुर्नगठन हुनै सक्दैन पनि भन्न सकिँदैन । अनिवार्य रुपले हुनैपर्छ भन्ने विषय पनि होइन । के गर्दाखेरी सहज ढंगले चलाउन सकिन्छ त्यो ढंगले लचकतामा सोच्ने विषय हो । पार्टीको तर्फबाट अहिले प्रस्ताव गरेकै छैन नि । हामीले यो प्रस्ताव गरेको विषय होइन ।’

उहाँले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आएर बोल्नु राम्रो हुने धारणा समेत राख्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?