हाम्रै पार्टीका कारण स्वतन्त्र व्यक्ति पनि चुनाव लड्न पाउने व्यवस्था भएको हो : आरजु देउवा

Read Time = 2 mins

पोखरा । सत्तारुढ नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले बालेन्द्र साह सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गर्नु भएको छ ।

नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी साहले कतिमा हायर गर्नु भयो ? भनि प्रश्न समेत गर्नु भयो । ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार साह मेयर बन्न सफल भएको उहाँको भनाई थियो ।

देउवाले भन्नु भयो, ‘उहाँले त्यहाँ कन्सल्टेन्सी कतिमा हायर गर्नु भयो ? रुटिन आफ नेपाल बन्दलाई । यत्रो ठूलो फ्लोअर भएको रुटिन अफ नेपाललाई उहाँले परिचालन गर्न सफल हुनु भयो । राजनीति हो-एभ्रिथिङ्क ईज फियर भन्छ । हाम्रो पार्टीले संविधान बनाउने बेलामा स्वतन्त्र व्यक्तिहरुलाई पनि उम्मेदवार बन्ने प्रावधान राख्ने व्यवस्था गरेकाले अहिले उनीहरुले मौका पाएका हुन् । तर देशलाई जोगाउने हो भने, समृद्ध बनाउने हो भने राजनीति पार्टीहरुले नै गर्ने हो ।’

देउवाले पार्टी सिष्टममा नेताहरुले देश चलाउने स्पष्ट पार्नु भयो । स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेर जनप्रतिनिधि बन्ने संवैधानिक व्यवस्था आफ्नो पार्टीको पहलमा भएको उहाँले दावी समेत गर्नु भयो ।

देउवाले नेता बन्नका लागि आफ्नो क्षमताको पहिचान गरेर आउनुपर्ने धारणा समेत राख्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?