‍‍‍वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

Read Time = 1 min

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उहाँमाथि लागेको थियो । उहाँमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उहाँलाई स्पष्टीकरण पनि सोधेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?