इलाममा विपद रोक्न पूर्वतयारी भएपनि श्रोतसाधनको अभाव

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

-प्रकाश नेपाल

इलाम । वर्षातमा हुने विपद् रोक्न पूर्व तयारी गरेपनि इलाममा उद्धारकर्मीलाई आवश्यक सामग्री अभाव भएको छ । २०७८ को वेमौसमि वर्षातमा ठूलो धनजनको क्षति भएको इलाममा यो वर्षको मनसुनमा पूर्वतयारी गरिसकिएपनि उद्धार सामग्री अभाव रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन जेठ ३० बाट शुरु भएको छ । विभागको पूर्व अनुमानको आधार मान्ने हो भने यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ । तर, पूर्वी नेपालको इलाम जिल्लामा विपद्बाट हुने पूर्वतयारीको काम भएपनि श्रोत साधनको अभाव छ ।

इलाममा २०७८ साल कात्तिकको वर्षातबाट करोडौंको धनमाल नष्ट साथै मानविय क्षतिसमेत भएको थियो । इलाममा यो वर्षको मनसुनमा बढी पानी वर्ने पूर्वअनुमान गरिएसँगै जिल्ला दैवीक प्रकोप उद्धार समिति तयारी अवस्थामा रहेको छ । विपद् पूर्व, विपद्को अवस्था र विपद् प्रतिकार्यको अवस्थामा काम गर्ने योजनाका साथ पूर्वतयारी गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले बताउनुभयो ।

दैवीक प्रकोप उद्धार समितिले विपद् हुने सम्भावित क्षेत्रको अनुगमन गरि उद्धारको लागि टोली तयारी अवस्थामा राखेको हो । साथै जिल्लामा बाढी र पोहिरोमा परेकाहरूलाई उद्धार कसरी गर्ने बारे कृतिम अभ्यास पनि गराइसकेको छ । जिल्ला नगरपालिका र वडास्तरको विपद् समिति रहने भएपनि उद्धारका लागि आवश्यक सामग्री अभाव रहेको हो । प्रहरीले जोखिम क्षेत्रको अध्ययन गरि खुल्ला क्षेत्रको पहिचान गर्ने र उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नुपरे हेलिप्याडको पनि पहिचान गरिसकेको नेपाल प्रहरी इलामका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

वेमौसमी वर्षातको क्षतिबाट पाठ सिक्दै मनसुन सुरु भएसँगै पूर्वतयारी गरि श्रोत साधन जुटाउन आवश्यक बजेट संघीय सरकारसँग मागसमेत गरिएको छ । जिल्ला दैवीक प्रकोप उद्धार समितिसँग बजेट अभाव हुने भएकाले प्रदेश र स्थानीय सरकारको अनुरोधमा उद्धारमा आवश्यक आधारभुत सामग्री जुटाउने तयारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?