काठमाडौं । बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि बलियो मधेश प्रदेशले जितेको छ । फाइनल खेलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो ।
मूलपानी मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बलियो बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । उसका आकाश टमाटाले २३ रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ बलियो मधेशका साइमन रोयले ४ ओभरमा केवल १० रन खर्चेर २ विकेट हात पार्नुभयो । जवाफमा ९६ रनको लक्ष्य बलियो मधेशले १५.३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । बलियो मधेशको जितमा खेलको प्लेयर अफ दी म्याच रञ्जन यादवले ३४ रनको इनिङ्स खेल्नुभयो । बलियो बागमतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सक्नुभएन ।
प्रतियोगिताको प्लेयर अफ दी टुर्नामेन्ट बलियो मधेश प्रदेशका साइमन रोय घोषित हुनुभयो भने बलियो ११ का जेनिश मगर, कमल शाही र बलियो बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिङ खेलाडी घोषित हुनुभयो ।
विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र सभासद अमनलाल मोदी, राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी डा. अतुल उपाध्यायले प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच