विश्वास र सुनितालाई रोड रेस उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायाले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जित्नुभएको छ । विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा उपाधि जित्नुभएको हो ।

बृहस्पति विद्या सदन (बिभिएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभूषण सिंहले तेस्रो स्थान हासिल गर्नुभयो । गल्र्समा प्यारागनकी रेश्मा घर्ती दोस्रो तथा अनलज्योतिकी अर्पणा लामाले तेस्रो स्थान हासिल गर्नुभयो । विजयी खेलाडीले शिल्डसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स एन्ड इन्भारमेन्टका अध्यक्ष गोवद्र्धन श्रेष्ठ र बिभिएसका प्रिन्सिपल कुमार थापालगायतले पुरस्कृत गर्नुभयो ।

रोड रेसमा १० स्कुलका करिब १२० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । सोही रोड रेसबाटै बिभिएसको आन्तरिक अर्थात् हाउसबीचको विजेताको पनि छिनोफानो गरिएको स्पोर्ट्स एन्ड इन्भारमेन्टकी सचिव डोल्मा लामा शाहले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?