लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो । नेपालले सोमबार बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

जितका लागि १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालकी सीता रानामगरले ३ बलमा १ चौकासहित सर्वाधिक ४ रन बनाउनुभयो । यस्तै ओपनर इन्दु बर्मा डक आउट हुनुभयो । रुविना क्षेत्रीले ८ बल खेल्नुभए पनि कुनै स्कोर जोड्न सक्नुभएन । कविता जोशीले १० बलमा ३ रन जोड्दै नटआउट रहनुभयो । नेपालले ८ रन अतिरिक्तमार्फत् पाएपछि जित सुनिश्चित गरेको हो ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । वर्षाका कारण खेल ७ ओभरमा झारिएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोड्नुभयो भने कप्तान दिपीका रासंगिका र थरंगाले २/२ रन जोड्नुभयो ।

नेपालकी कविता कुँवर र सबनम राईले २/२ विकेट लिनुभयो भने अश्मिना कर्माचार्यले १ विकेट झार्नुभयो । समूह ‘बी’ मा रहेको नेपाल शीर्षस्थानमा रहेको छ । नेपालले तीन खेलमा ६ अंक जोडेको छ । नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?