अफगानिस्तानका ६ हजार ५ सयभन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान

Read Time = 2 mins

काबुल/सिन्हृवा । अफगानिस्तानका २० प्रान्तका विभिन्न स्थानमा गरी ६ हजार ५ सयभन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान गरिएको छ । उनीहरूले गएको एक हप्ताभित्रमा यो सहायता प्राप्त गरेका अफगानिस्तानको शरणार्थी तथा पुनःस्थापनासम्बन्धी मन्त्रालयले जानकारी दिएको छ ।

प्राप्त भएका सामग्रीहरूमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यकताका सामग्रीहरू रहेका पनि सो मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानाइएको छ । यी सामग्री विभिन्न स्थानीय तथा विदेशी दाता संस्थाहरूबाट प्राप्त भएको पनि आइतबार सो मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँ वर्ष दिनअघिदेखि तालिवानले शासन सत्ता आफ्ना हातमा लिएपछि मानिसहरूलाई न्यूनतम आवश्यकताको पनि समस्या पर्दै आएको छ । यसैकारण अफगानिस्तानका नागरिकलाई विभिन्न विदेशी राष्ट्र तथा दाता संस्थाले सहयोग गर्दै आएका छन् ।

यस देशको तीन करोड ५० जनसंख्यामध्ये कम्तीमा पनि दुई करोड २० लाख मिलियनलाई खाद्यान्नको समस्या अहिले पनि देखिएको छ । त्यसैले विभिन्न दाता संस्था तथा राष्ट्रहरूले यहाँका नागरिकलाई खाद्यान्नलगायत अति आवश्यकताका सामग्री सहयोग गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?