काठमाडौं । नयाँ नेपाली चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी रहेको छ । चलचित्रलाई किरण नेपालीले प्रस्तुत गर्नुभएको हो ।
चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ । चलचित्रमा दया र सौगातको गेटअप केही फरक छ ।
दुई साथीको मित्रताको कथामा बनेको यो फिल्मको फस्टलुकले उत्सुकता जगाउने देखिन्छ । चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रको सहनिर्मातामा मिठु तामाङ्नी रहनुभएको छ ।
चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । यो चलचित्र कात्तिकको ४ गतेबाट तिहारको अवसरमा रिलिज हुने तयारीमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच