नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु : मिस नेपाल वल्र्ड प्रियंका रानी

Read Time = 2 mins

काठमाडौं । नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठूलो प्लेटफर्म मिस नेपाल वल्र्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ । केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल र्‍याडिसनमा बस्दै आउनुभएकी उहाँलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौं वडा नम्बर २९ मा रहेको अनामनगरस्थित जन्म घरमा भित्र्याउनु भएको हो ।

सेतो रंगको गाडीमा राष्ट्रिय झण्डा फहराउँदै आउनु भएकी प्रियंकालाई गृह प्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले खादा लगाएर स्वागत गर्नुभएको थियो । त्यसपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रियंकाले मिस नेपाल जिताउनका लागि आफूलाई भोट गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा आफूले मिस नेपालले गर्नुपर्ने कार्य कुशलतापूर्वक निर्वाह गर्ने पनि बताउनुभयो ।

‘म हाम्रो देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन कुनै प्रयास बाँकी राख्ने छैन,’ उहाँले आफ्नो भविष्यको योजनाबारे भन्नुभएको छ । ‘अबको तयारी मिस वल्र्डको छ । यसका लागि जुटेरै लागिपर्नेछु र मिस वल्र्डको ताज नेपाल ल्याउन एकदमै कोशिश गर्नेछु ।’ उहाँले मिस नेपाल वल्र्ड बन्न वर्षौंदेखि बुनिरहेको सपना साकार हुँदा त्यसलाई व्यक्त गर्नका लागि आफूसँग शब्द नै नभएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?