सार्क भेटेरिनरीको महासचिवमा शितलकाजी

Read Time = 1 min

काठमाडौं । सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ चयन हुनुभएको छ । नेपाल भेटेरिनरी एसोसिएसनको १४औँ राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको पहिलो बैठकबाट उहाँ सर्वसम्मत चयन हुनुभएको हो ।

श्रेष्ठ नेपाल भेटेरिनरी एसोसिएसनका वर्तमान अध्यक्षसमेत रहनुभएको छ । भारतीय भेटेरिनरी एसोसिएसनका अध्यक्ष सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको अध्यक्षमा चयन हुनुभएको छ ।

पोखरामा सम्पन्न भेटेरिनरी एसोसिएसनको उक्त १४औँ राष्ट्रिय सम्मेलनमा पाँच सय भेटेरिनरी चिकित्सकको सहभागिता रहेको एसोसिएसनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?