भैरहवामा थप दुई एयरलाइन्सका अन्तर्राष्ट्रिय उडान

Read Time = 1 min

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले उडान सुरु गर्ने भएका छन् । एयर अरेबिया र फ्लाइ दुबईले असार १७ गतेदेखि नियमित उडान सुरु गर्ने भएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगत्नाथ निरौलाका अनुसार नियमित उडानका लागि एयर अरेबिया र फ्लाइ दुबईले प्रक्रिया अघि बढाएका छन् ।

भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप उच्च रहेका कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि उडानका लागि चासो देखाएको क्यानले जनाएको छ । सातामा तीन दिन उडान गर्दै आएको जजिरा एयरलाइन्सले पनि तीन महिनापछि हप्तैभरि उडान भर्ने योजना बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?