एनआइसीद्वारा प्रतिव्यक्ति ३० लाख बिमा दाबी भुक्तानी

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया बैंकले घातक रोगको बिमाबापत प्रतिव्यक्ति ३० लाख भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता योजनामा खाता खोल्ने तीनजनालाई प्रतिव्यक्ति १० लाख रकम भुक्तानी गरेको हो ।

बिमा प्राप्त गर्नेमा इलामकी रेनुदेवी चौधरी, काठमाडौं कुलेश्वरका पुष्कर सापकोटा र सामाखुसीकी विमला दाहाल रहेको बैंकले जनाएको छ । बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको हो ।

बैंकले हाल सर्वाधिक उच्च व्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका तीन बिमा (१८ वटा घातक रोगको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको सर्वश्रेष्ठ बचत खाता ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?