काठमाडौं । आर्ट अफ लिभिङले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशाला र जनचेतनामूलक अभियान सञ्चालन गर्दै जुन महिनालाई योग महिनाका रूपमा मनाउँदै आएको छ । सोहीक्रममा यस वर्ष पनि आर्ट अफ लिभिङले विभिन्न सरकारी तथा निजी विद्यालय, कलेज, आर्मी क्याम्प, सशस्त्र प्रहरी बल र अन्य संस्थामा योग कक्षा सञ्चालन गर्दैछ ।
आर्ट अफ लिभिङले विश्व सम्पदा क्षेत्रमा पनि योग महोत्सव आयोजना गर्ने भएको छ, जहाँ विभिन्न पेशा, व्यवसाय र उमेर समूहका मानिस स्वतन्त्ररूपमा सहभागी हुन सक्ने बताइएको छ ।
योग शृंखला महादेवथान, मातातीर्थ, स्वयम्भुनाथ स्तुपा, बौद्धनाथ स्तुपालगायत काठमाडौंका अन्य विभिन्न स्थानमा सञ्चालन गरिएको आयोजकले जनाएको छ । आर्ट अफ लिभिङले आर्मी र सशस्त्र प्रहरी बलमा पनि जुन २० र जुन २२ मा विशेष योग कार्यक्रम गर्ने भएको छ ।
आर्ट अफ लिभिङका योगगुरुहरूले काठमाडौँ उपत्यकाबाहिर पनि निःशुल्क योग कक्षा सञ्चालन गर्दै आउनुभएको छ । मुख्य कार्यक्रम जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बिहान ६ः३० बजे वल्र्ड ट्रेड सेन्टरमा हुने आयोजकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
कविता : निमन्त्रणा छ बालेन