काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्नसहितको बिमालेख योजना ल्याएको छ । कम्पनीले सोमबार एक कार्यक्रमबीच मेरो सुनिश्चित प्रतिफल नामक बिमा योजना सार्वजनिक गरेको हो । बिमितले आफ्नो आवश्यकताअनुसार बिमाशुल्क भुक्तानी गर्नसक्ने योजनामा अढाइ गुणासम्म सुनिश्चित प्रतिफल पाइने कम्पनीको दाबी छ ।
सीमित समयका लागि बिमाशुल्क भुक्तानी गरी बिमालेख अवधिभर रक्षावरणसमेत पाउन सक्ने बताइएको छ । नयाँ योजनाअन्तर्गत १६ वर्षदेखि ४४ वर्ष उमेरसम्मका व्यक्तिले बिमा गर्न सक्नेछन् । त्यस्तै बिमा अवधि १६ वर्ष र २० वर्ष रहेको र बिमा समाप्ति उमेर ६० वर्ष हुनेछ । जसमध्ये १६ वर्ष बिमा अवधिमा जम्मा पाँच वर्षसम्म मात्र बिमाशुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा सात वर्षमात्र बिमाशुल्क तिरे पुग्नेछ । योजनाअन्तर्गत बिमाशुल्क भुक्तानी वार्षिक हुनेछ ।
उदाहरणका लागि न्यूनतम २५ हजार रुपैयाँ बिमाशुल्क तोकिएको बिमा योजनाको अधिकतम् बिमाशुल्क रकम भने बिमितको भुक्तानी क्षमतामा भरपर्ने कम्पनीले जनाएको छ । २५ वर्षको व्यक्तिले २० वर्षको बिमा अवधि राखी एक लाखको वार्षिक बिमाशुल्क सात वर्षसम्म सात लाख रुपैयाँ तिर्छ भने बिमितको १७ लाख ५० हजार रुपैयाँ बराबरको जोखिम बहन हुनेछ ।
बिमा परिपक्व भएपछि आधारभूत बिमाशुल्कको अढाइ गुणा सुनिश्चित प्रतिफल १७ लाख १० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । थप न्यून बिमाशुल्क १४ हजार आठ सय ४० रुपैयाँ तिरेर अतिरिक्त पूरक करार सुविधा दुर्घटना मृत्यु, पूर्ण स्थायी अशक्तता, बिमा शुल्क छुट र घातक रोगविरुद्धको रक्षावरण पनि लिन पाइने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच