बाबुराम श्रेष्ठ/हिटा
धादिङ । युनाइटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण धादिङको धुनिबेसी नगरपालिका-९ स्थित जुगेडीका स्थानीयलाई बसाइँ सर्नुपर्ने बाध्यता भएको छ । सनराइज बैंकका अध्यक्ष तथा केएल दुगर समूहका अध्यक्ष मोतीलाल दुगरको स्वामित्वमा रहेको सिमेन्ट उद्योगबाट निस्कने धुवाँ धुलो र ध्वनिका कारण स्थानीयहरू बसाइँ सर्न बाध्य भएका हुन् । सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कसैले ध्यान नदिँदा सिमेन्ट उद्योग आसपासका स्थानीयहरूलाई रोगले पिरोलिरहेको स्थानीयले बताएका छन् ।
उक्त उद्योगबाट निस्कने प्रदूषण नियन्त्रण गर्नका लागि स्थानीयले पटक-पटक विरोध, सुझाव र ज्ञापनपत्र बुझाउँदै आए पनि उद्योग सञ्चालकहरूले स्थानीय बासिन्दाको बेवास्ता गर्दै आएका छन् । उद्योगबाट निस्कने सिमेन्टको धुवाँ र धुलोको मुस्लो सिधै मानव बस्तीमा आउने र त्योसँगै उद्योग सञ्चालन गर्दा ठूलो स्वरमा ध्वनि प्रदूषण हुने समस्या आएपछि अहिले धुनिबेसी नगरपालिका-९ जुगेडीबासीले हैरानी खेप्न बाध्य छन् । धुनिबेसी नगरपालिका-९ जुगेडी घर हुनुभएकी स्थानीय रमा राईले उद्योगबाट निस्कने प्रदूषणले मानव बस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर गरेको बताउनुभयो । उद्योग सञ्चालनमा आएपछि उद्योग आसपासका मात्र नभएर उद्योगदेखि केही टाढाका मानव बस्तीमा समेत त्यसको असर परेको उहाँको भनाइ छ ।
उद्योग सञ्चालनमा आएपछि शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने, ज्वरो आउने, एलर्जी भइरहने, धेरै रिस उठ्ने, जस्ता समस्या देखिएको उहाँ बताउनुहुन्छ । बारीमा तरकारी, मकैलगायत अन्य बालीहरू समेत उब्जाउ नहुने उहाँको भनाइ छ । सम्पत्ति छैन भने सम्पत्ति छ, छ भनाँै भने अन्न फल्दैन, राज्यले केही गर्दैन मरेतुल्य जस्तै भएको छ । परिवार पाल्न समस्या भएको छ, के खाएर बाँच्ने, बाँच्नुभन्दा मरेकै बेश जस्तो हुन थाल्यो । हाम्रो ठाउँ कृषि क्षेत्र हो, फलफूल फल्ने ठाउँ पनि हो, त्यही फलफूल र तरकारी बिक्री गरेर हामी पाल्थ्यौँ । तर, अहिले त फलफूल र तरकारीको उत्पादन नै हुन छाड्यो । सिमेन्टको धुलो र धुवाँका कारण आँप, लिची, केरा, कागती लगायतका फलफूलहरू फल लाग्दै गर्दा झरेर जान्छन् केही पनि फल्दैनन् ।
अहिले उनीहरूले समूहगत रूपमै सिमेन्ट उद्योगको ज्यादतीविरुद्ध दबाब दिने अभियानसमेत चलाएका छन् । स्थानीय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनाई उद्योगमा र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्रसमेत पेश गरेको उहाँले बताउनुभयो । जुगेडी खाद्य अधिकार प्रभावित समूहका सह-संयोजक रामृष्ण राईको उद्योग २४ सै घण्टा चल्छ । उता, युनाइटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालनमा रहेको दाबी गरेको छ ।
रातमा उद्योग सञ्चालन गर्दा अलि बढी ध्वनि आउने गरेको उद्योगका प्रतिनिधि अशोक आचार्यले बताउनुभयो । उद्योग स्थापनाको समयमा स्थानीयसँग उद्योगका प्रतिनिधिहरूले स्थानीयलाई रोजगारी दिने, स्थानीयले प्रयोग गर्दै आएको मोटरबाटोलाई कालोपत्रे गरी उद्योगले समेत प्रयोग गर्ने, स्थानीयलाई कुनै किसिमको असर गर्न नदिने लगायतको सम्झौता गरे पनि अहिले उद्योगले भने उक्त सम्झौतालाई कार्यान्वयन गरेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच