लन्डन । बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बिक्री गर्नुभएको छ । राजकुमारले घरबारविहीनहरूलाई सहयोग गर्ने बेलायती पत्रिका बेच्नुभएको हो । ३९ वर्षीय ड्युक अफ क्याम्ब्रिजले पत्रिका विक्रेताको भेस्ट लगाउनुभएको थियो । एउटा हातमा पत्रिका लिँदै उहाँले बाटोमा हिड्ने व्यक्तिलाई बिग इस्युको पछिल्लो संस्करण पाए नपाएको बारेमा सोध्नुभएको थियो ।
बेलायतको राजगद्दीमा दोस्रो वरियतामा रहेका विलियमल जुनको सुरुमा वेस्ट मिनिस्टर स्ट्रिटमा पत्रिका बेचेको देखिएको थियो । एक सम्भावित नयाँ ग्राहकले आफूसँग म्यागेजिन किन्न ५ डलर नभएको बताएपछि, राजकुमारले लेनदेनमा सजिलो होस भनेर इलेक्ट्रोनिक मोबाइल क्रेडिट कार्ड मेसिन निकाल्नु भएको थियो ।
उहाँकी दिवंगत आमा राजकुमारी डायना जस्तै विलियम पनि घरबारविहीन समुदायलाई लामो समयदेखि सहयोग गर्दै आउनु भएको छ । घरबारबिहीनहरुको अवस्था बुझ्न किशोरावस्थामा उहाँले एक दिन लन्डनको एउटा सडकमा रात बिताउनु भएको थियो ।
‘म ११ वर्षको हुँदा मेरी आमासँग घरबारविहीन आश्रयमा गएँ’, सोमबारको अंकमा उहाँले लेख्नुभएको छ । सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा मृत्यु भएकी राजकुमारी डायनाले घरबारविहीन, एड्स, कुष्ठरोग र बारुदी विस्फोटलगायत अन्य कारणहरूका बारेमा चेतना जगाउने परोपकारी संस्थाहरूको लागि काम गरेकी थिइन् । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच