काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका सातवटा निर्णय सार्वजनिक गर्नुभएको हो । जसको पहिलो नम्बरमा अमेरिकाको एसपीपी अघि नबढाउने, सबै सरकारी निकायहरूले कूटनीतिक पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने, सहसचिव विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय उल्लेख छ ।
यस्तै, जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने, नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरी जाँचबुझ अघि बढाउने, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।
https://www.youtube.com/watch?v=-fD-mfVXzws
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच