भोजपुर। संखुवासभाको चैनपुर नगरपालिकामा आगोले जलेर एक बृद्धाको मृत्यु भएको छ । चैनपुर नगरपालिका वडा नम्वर ११ की ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ ।
घरमा एक्लै बस्दै आएकी मनमायाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको कपडामा आगो सल्कन गई जलेर गम्भिर घाइते अवस्थामा आफन्तले बिहान ७ बजे फेला पारेका थिए । सो पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच