काठमाडौं । राजनीतिमा होमिनु भएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराउनु भएको छ । उहाँले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराउनु भयो ।
आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गर्नुभयो ।
लामिछानेले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गर्नुभयो । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उहाँले बताउनु भयो ।
लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाउनु भयो ।
१ प्राइमेरी निर्वाचन हुने
२ युवालाई ५० प्रतिशत एकको व्यवस्था
३ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४ राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५ डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६ परिवारवादलाई पूर्ण रूपमा निषेध
७ भ्रातृसंगठन र कार्यकर्तारहित
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच