नेपालले दियाे हङकङलाई ११० रनको लक्ष्य

Read Time = 1 min

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रन बनाईन् । यस्तै, अप्सरी बेगमले २२ रनको योगदान गरिन् । यस बाहेक बिन्दु रावलले २३, सिता मगरले ९, ममता चौधरीले ७, कविता जोशीले ४ र काजल श्रेष्ठले १ रन बनाईन् । नेपालकी इन्दु वर्मा शून्यमा आउट भईन् ।

हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान १ विकेट लिए ।

नेपाल आज हङकङलाई हराएर लगातार चौथाे जित निकाल्ने योजनामा छ । आज जित निकाले नेपाल समूह बीमा विजेता बन्नेछ । नेपालको तीन खेलबाट ६ अंक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?