नेपाल हङकङसँग पराजित

Read Time = 2 mins

काठमाडौं । एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन बनायो ।

हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि एक सय नौ रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले ३६ बलमा चार चौका प्रहार गरिन् ।

यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन् । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट लिए ।

नेपाल हङकङसँग पराजित भएपनि एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?