काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसदमा झगडा मात्र होइन, रगडा नै देखिन थालेको भन्दै गुनासो गर्नुभएको छ । उहाँले सरकारको उच्च ओहोदामा बसेका नेताहरूले आफ्नो मानसम्मान कायम राख्नुपर्ने बताउनु भयो ।
सांसद गौतमले मलको हाहाकार कायमै रहेको भन्दै सरकारको आलोचना गर्नुभयो । सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेता सांसदले जति कराए पनि मल ल्याउन नसकेको उहाँको भनाइ छ ।
खेतीका बेला रासायनिक मल र इन्धन बढ्नु दुःखद रहेको उहाँले बताउनु भयो । इन्धनमा मूल्य बढे पनि सरकारले निश्चित राहत दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो। बर्खा लागिसक्दा पनि सरकारले विपद न्यूनिकरणका लागि पूर्वतयारी गर्न नसकेको भन्दै तत्काल पूर्वतयारी थाल्न सुझाव दिनुभयो ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं