काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसदमा झगडा मात्र होइन, रगडा नै देखिन थालेको भन्दै गुनासो गर्नुभएको छ । उहाँले सरकारको उच्च ओहोदामा बसेका नेताहरूले आफ्नो मानसम्मान कायम राख्नुपर्ने बताउनु भयो ।
सांसद गौतमले मलको हाहाकार कायमै रहेको भन्दै सरकारको आलोचना गर्नुभयो । सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेता सांसदले जति कराए पनि मल ल्याउन नसकेको उहाँको भनाइ छ ।
खेतीका बेला रासायनिक मल र इन्धन बढ्नु दुःखद रहेको उहाँले बताउनु भयो । इन्धनमा मूल्य बढे पनि सरकारले निश्चित राहत दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो। बर्खा लागिसक्दा पनि सरकारले विपद न्यूनिकरणका लागि पूर्वतयारी गर्न नसकेको भन्दै तत्काल पूर्वतयारी थाल्न सुझाव दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच