दल दर्ताका लागि रवि लामिछानेको निवेदन आयोगमा

Read Time = 1 min

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिनुभएको हो ।

निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिनुभयो । एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबस्ने र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उहाँले बताउनु भयो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अंगिकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?