काठमाडौं । आर्मीका सुजन रानामगर र स्लिशा रायमाझी ओलम्पिक दिवसका अवसर आयोजित सुटिङ प्रतियोगितामा पहिलो हुनुभएको छ । व्यक्तिगत १० मिटर एयर राइफलको पुरुषमा सुजन तथा महिलामा स्लिशा पहिलो हुनुभएको हो ।
सुजनले ३९६.६ तथा स्लिशाले ४०६.५ अंक जोड्नुभयो । पुरुषमा कुमार कार्की दास्रो तथा नारायण सिंह दोङ तेस्रो हुनुभयो । दुवै आर्मीका हुनुहुन्छ । महिलामा ओलम्पियन नेपाल प्रहरी क्लबकी फूलमाया क्याप्छाकी दोस्रो तथा ललितपुरकी सुस्मिता नेपाल तेस्रो बन्नुभयो । राइफलको प्रतिस्पर्धा कुल ४३६ पूर्णांकमा भएको थियो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा भएको व्यक्तिगत १० मिटर एयर पेस्तोलको पुरुषमा सर्वाधिक ३६९ अंकसाथ आर्मीका विष्णु दिस्वा नगर शीर्षस्थानमा रहनुभयो । प्रहरीका मानबहादुर घले दोस्रो तथा काठमाडौंका कुवेर केसी तेस्रो स्थानमा रहनुभयो ।
सो स्पर्धाको महिलामा ३७४ अंक बटुल्नुभएकी ज्योतिका ढकाल शीर्ष स्थानमा रहनुभयो । सुनिता महर्जन दोस्रो तथा सरिता बस्नेत तेस्रो हुनुभयो । पदक विजेता तीनै आर्मीका हुनुहुन्छ । पेस्तोलको पूर्णांक चार सय थियो ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीन दिने प्रतियोगितामा २६ पुरुष र २४ महिला गरी ५० खेलाडीले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच