काठमाडौं । आयोजक नेक्सस क्रिकेट एकेडेमीले यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन पाँचमा सोमबार विजयी सुरुवात गरेको छ । मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेक्ससले ओसिस् क्रिकेट एकेडेमीलाई ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पहिले ब्याटिङ रोजेको नेक्ससले निर्धारित २० ओभरमा दुई विकेट क्षतिमा १६० रनको योगफल खडा गर्यो । नेक्ससका लागि ‘म्यान अफ द म्याच’ उत्तम मगरले ३८ बलमा ६९ रन जोडनुभयो । उहाँले तीन चौका र पाँच छक्का प्रहार गर्नुभयो । सन्दीप विष्टले दुई चौका र दुई छक्का मद्दतमा ४१ रन बनाउनुभयो भने विवेक यादवले २९ रन जोड्नुभयो । बलिङतर्फ ओसिसका इशान शाहले दुई विकेट लिनुभयो ।
जवाफी ब्याटिङमा उत्रेको ओसिस १७.१ ओभरमा ६९ रनमा अलआउट भयो । नेक्ससका समिर विष्टले चार तथा अशोक धामीले दुई विकेट लिनुभयो । अर्को खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएसीए), ललितपुरले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ६ विकेटले हरायो ।
टस जितेर ब्याटिङ गरेको केसीटीसीले निर्धारित २० ओभरमा आठ विकेट नोक्सानीमा १०५ रनको लक्ष्य प्रस्तुत गर्यो । केसीटीसीका अभिषेक उपाध्यायले ३८ तथा राजकरण शर्माले ३२ स्कोर गर्नुभयो । प्रत्युत्तरमा जिएचसीएले १८.४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य भेटायो । जिएचसीएका अली अक्बर अन्सारीले ५४ बलमा ५३ रन जोड्नुभयो । ‘म्यान अफ द म्याच’ उनले ६ चौका र एक छक्का प्रहार गर्नुभयो ।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेको आयोजक नेक्ससका अध्यक्ष भरतकुमार शाहीले जनाउनुभयो । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नुहुनेछ । फाइनल असार १४ गते हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच