बेइजिङ । पूर्वी चीनको जियाङ्सी प्रान्तमा आएको बाढीका कारण चार लाख ८५ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । शनिबार दिउँसो ३ बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार तीन सय हेक्टर बाली प्रभावित भएको जनाइएको छ । बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) पुगेको बताइएको छ ।
स्थानीय मौसम विभागले मंगलबार जियाङ्सीमा वर्षा केहीकमी भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा जारी रहेको जनाएको छ । वर्षाको प्रभाव बुधबार उत्तर याङ्जी नदीतर्फ सर्ने त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपत्कालीन प्रतिक्रिया स्तर-२ मा स्तरोन्नति गरेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच