ओपोको फिटनेस डिभाइस

Read Time = 3 mins

काठमाडौं । मोबाइल फोनका साथ ओपोले विभिन्न वेयरबल स्मार्ट डिभाइस पनि उपलब्ध गराउँदै आएको छ । ओपो ब्यान्डले लगातार ब्लड अक्सिजन मनिटरिङ फङ्सन प्रदान गर्छ, जसले सुत्ने बेलामा प्रत्येक सेकेन्ड ब्लड अक्सिजन सेचुरेसनको निगरानी गर्छ । ओपो ब्यान्डले १२ वर्कआउट मोड र अन्य सुविधाजनक कार्य गर्ने कम्पनीले जनाएको छ ।

ओपो ब्यान्ड ओपो एस्थेटिकसाथ १.१ इन्च फुल कलर अमोल्ड स्क्रिनमा उपलब्ध रहेको छ । पछिल्लो समय निद्रा नलाग्ने समस्या मध्यम उमेर वा वृद्धका लागि मात्र नभएर युवायुवतीमा पनि देखिन थालेको छ । जसका मुख्य कारण तनाव, व्यस्त जीवनशैली भएकाले ओपो ब्यान्डको हेल्थ मनिटरिङ फङ्सनले निद्राको समस्या पत्ता लगाउन सहयोग गर्ने बताइएको छ ।

कम्पनीका अनुसार ओपो ब्यान्ड प्रयोगकर्ता सुतिरहेका बेला रगत अक्सिजनको मात्रा प्रतिसेकेन्ड निरन्तर निगरानी गर्न सक्षम बनाउँछ । ओपो ब्यान्डमा मुटुको गति मनिटरसमेत रहेको छ । बिल्ट-इन अप्टिकल हार्ट रेट सेन्सरले प्रयोगकर्ताको हृदयगति २४सै घण्टा निगरानी राख्न सक्छ । धड्कन धेरै बढ्यो भने स्मार्ट ब्यान्डले प्रयोगकर्तालाई अनियमित हृदयघातको चेतावनी दिन भाइब्रेट गर्नेछ । ओपो ब्यान्डले व्यायामका क्रममा मुटुको धड्कन मापन गर्दा प्रयोगकर्ताले ओभर-ट्रेनिङबाट बच्न सक्ने कम्पनीको दाबी छ ।

ओपो ब्यान्डमा निन्द्रालगायत दौडने, हिँड्ने, साइकल चलाउने, पौडी खेल्ने, ब्याडमिन्टन, क्रिकेट, योगलगायत १२ वर्क आउट मोडसमेत रहेका छन् । ओपो ब्यान्डमा प्रयोगकर्ताको सन्देश र कल सूचनाका साथै संगीत प्लेब्याक नियन्त्रणलगायतका सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?