प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति, आन्तरिक उडान नरोकिने, वार्ता भने जारी रहने

Read Time = 2 mins

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएपछि आज(बुधबार) आन्तरिक उडान नियमित हुने भएको छ।

सरकारी निर्णयको विरोध गर्ने नाममा यात्रुलाई २४ घण्टाको सूचनासमेत नदिई सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेका वायुसेवा सञ्चालकहरूले आज बिहान ११ बजेबाट नियमित उडान गर्ने भएका हुन् ।

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मध्यराति सकिएको वार्तामा उक्त सहमति भएको हो।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच प्राधिकरण कार्यालयमा मंगलबार मध्यरात भएको वार्ताले उडान नरोक्ने निष्कर्ष निकालेको छ।

नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राति पार्किङ गर्न काठमाडौंबाहिर विमानस्थलमा लैजानुपर्ने निर्णय गत आइतबार गरेको थियो। त्यसैको विरोधमा वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारबाट सम्पूर्ण उडान स्थगनको घोषणा गरेको थियो।

यात्रुहरूप्रति जवाफदेही र जिम्मेवार हुनुपर्ने वायुसेवा कम्पनीहरूले सरकारमाथि दबाब सिर्जना गर्न अत्यावश्यक सेवा ऐन प्रतिकूल हुने गरी हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि उनीहरूको जिम्मेवारीमाथि प्रश्न उठेको थियो।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार आन्तरिक उडान खुला राखेर वार्तालाई निरन्तरता दिइने छ। छलफल बुधवार मध्याह्न १२ बजे प्राधिकरण केन्द्रीय कार्यालयमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?