युद्धका कारण पेट्रोलियम पदार्थको अभाव भएको भन्दै सरकारले सरासर झुट बोल्यो

Read Time = 2 mins

भक्तपुर । रुस-युक्रेन युद्धका कारण देखाउँंदै पेट्रोलियम पदार्थको अभाव भएको भन्दै सरकारका जिम्मेवार पदाधिकारीहरुले सरासर झुठ बोलेको बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुर र भक्तपुरको सूर्यविनायक नगरपालिकाले बुधबार भक्तपुरमा गरेको व्यवसायिक उपभोक्ता सचेतना कार्यक्रमका बक्ताहरुले रुस-युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको अभाब नभएको दाबी गरे ।

आयोजक राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले सरकारका मन्त्रीहरुले नै यसरी सफेद झुट बोल्नु पराकाष्ठा नै नाघ्नु भएको बताउनु भयो । उहाँले सरकार गैरजिम्मेवार भएर प्रस्तुत भएको भन्दै आक्रोससमेत प्रकट गर्नुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यापारी र उपभोक्ता मिलेर अगाडि वढेमा व्यापार व्यवसायको अनुगमन नै गर्न नपर्ने बताउनु भयो । आफू पनि उपभोक्ता हो भनी व्यापारीले वदमासी नगरे कारबाही नै गर्नुपर्ने अवस्था नआउने उहाँले बताउनु भयो ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले खाद्य स्वाच्छता सबैको मौलिक अधिकार भएको बताउनु भयो । उहाँले सबैले स्वच्छ खान पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?