राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित समिति दाङमा

हिमालय टाइम्स
Read Time = 3 mins

-विवेक खड्का

दाङ । एक महिला र उहाँकी नाबालिक छोरीलाई घरभित्रै प्रवेश गरी कुटपिट गरेपछि विवादित बनेकी लुम्बिनीकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न गठित कार्यदलका पदाधिकारीहरू दाङको तुलसीपुरमा आएका छन् । जेठ ३१ गते बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उहाँकी नाबालक छोरीमाथि राज्यमन्त्री वलीले घरभित्र पसेर कुटपिट गर्नुका साथै सामान फालेको आरोप लागेको छ ।

उक्त घटना बाहिरिएपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मासहितको टोली असार ७ गते बेलुका घटना अध्यनका लागि तुलसीपुर आएको छ । प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वलीमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो । त्यस कार्यदलमा महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य हुनुहुन्छ ।

घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सोही दिन राति नै मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा राज्यमन्त्री वलीलाई बुटवल पु¥याइएको थियो । त्यसपछि वलीको स्वास्थ्यमा समस्या आएको भन्दै सोही दिन मध्य रातिदेखि नै उनी लुम्बिनी प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । आफू र छोरीमाथि भएको दुव्र्यवहार तथा कुटपिटपछि पीडित मीना बस्नेतले इलाका प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

घरभित्र पसेर आफू र छोरीमाथि कुटपिट भएको तथा दराज फोरेर लत्ताकपडा फाल्ने र च्यात्ने गरेको हुँदा राज्यमन्त्री वलीमाथि कारबाहीको माग मीनाले गर्नुभएको छ । गत भदौमा मीनाका श्रीमान् तथा वाइसिएलका नेता एकराज बस्नेत र राज्यमन्त्री वली बीचको प्रेम सम्बन्ध रहेको कुरा सार्वजनिक भएको थियो ।

यद्यपि, पछिल्लो समय राज्यमन्त्री वलीले आफूले एकराजलाई सापटीबापत दिएको रकम लिन उनको घरमा जाँदा आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोजेको भन्दै बचाउ गर्दै आएकी छन् । झण्डावाल गाडी र आफ्नो बडी गार्डसहित पुगेकी राज्यमन्त्री वलीले त्यहाँ एकराजलाई फेला नपारेपछि उनकी श्रीमती र छोरीमाथि दुव्र्यवहार गरेकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?