खेलकुद विश्वविद्यालय कार्यदल गठन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका सदस्यहरूमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा. शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा. अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहनुभएको छ ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङले उहाँहरूलाई मंगलबार पत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘योजना बनाउन जति जरुरी छ त्योभन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पुर्‍याउनु हो । कार्यदलमा विज्ञ र अनुभवी महानुभावहरू हुनुहुन्छ । यहाँहरूबाट मैले धेरै आशा गरेको छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?