एन्जिलालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालकी एन्जिला डंगोलले २१औँ महिला खुला कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ । एन्जिलाले महिला ३५ केजीमुनि स्वर्ण जितेको नेपाल सोतोकान कराते संघले जनाएको छ ।

पुरुष ३० केजीमा विवेक राई तथा एकल कातामा कृष्णकुमार मानन्धरले कास्य जित्नुभयो । नेपाल सोतोकान कराँते संघका महासचिवसमेत रहनुभएका प्रमुख प्रशिक्षक श्याम शेर्पाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगिता मलेसियाको क्वालालम्पुरमा जुन १७ देखि १९ तारिखसम्म भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?