लाहोर । महिला र बालबालिकामाथि हुने यौन शोषणका घटनामा तीव्र वृद्धिपछि पाकिस्तानको पञ्जाव प्रान्तले आपत्काल घोषणा गर्ने निर्णय गरेको छ । एक पत्रकार सम्मेलनमा बोल्दै पञ्जावका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीका लागि गम्भीर समस्या भएको बताउनुभयो । ‘पञ्जावमा दैनिक चारदेखि पाँचवटा बलात्कारका घटना रिपोर्ट भइरहेका छन् ।
जसकारण सरकारले यौन उत्पीडन, दुव्र्यवहार र जबरजस्तीका घटना समाधान गर्न विशेष उपायहरू विचार गरिरहेको छ ।’
यस विषयमा नागरिक समाज, महिला अधिकारकर्मी संगठन, शिक्षक र वकिलसँग परामर्श लिइने मन्त्रीले बताउनुभयो । उहाँले अभिभावकलाई आफ्ना बालबालिकालाई सुरक्षाको महत्व सिकाउनसमेत आग्रह गर्नुभएको छ । विभिन्न घटनाका आरोपितलाई थुनामा राखिएको र बलात्कारविरुद्धको अभियान चलाएको मन्त्री तरारले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीमाथि हुने दुवव्र्यवहारबारे सचेत गराइनेसमेत उहाँले जानकारी गराउनुभयो । गृहमन्त्रीले अब अभिभावकले आफ्ना छोराछोरीलाई कसरी जोगाउने भनेर सिक्नुपर्ने बेला आएको बताउनुभयो । फाष्ट ट्रयाकका आधारमा डिएनए नमुनाको संख्या बढाउने उहाँको भनाइ थियो । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका