र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’को औपचारिक घोषणा

Read Time = 3 mins

काठमाडौं । अहिले चर्चामा रहेको र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को टिमले अर्को नयाँ शोको घोषणा गरेको छ । बुधबार एक कार्यक्रमबीच र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’को औपचारिक घोषणा गरिएको हो ।

‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागी हुन सक्नेछन् । २२ जुन बुधबार बेलुका ५ बजेदेखि २ जुलाई सम्म अडिसन खुला रहने निर्माण पक्षले जनाएको छ । सहभागिता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइट नेपाल र्‍याप डटकम मा गएर डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा एक मिनेटभन्दा माथिको भिडियो पठाउनुपर्नेछ ।

सुदीप पोख्रेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्ने बताइएको छ । ‘ब्याटल भूमि’मा जजको रूपमा मानस घले, कवि जी रहनुभएको छ भने अर्का एकजजको घोषणा गरिनेछ ।

यस्तै कार्यक्रमको होष्टका रूपमा कोइन्च जी रहनुभएको छ । साथै कार्यक्रमको असोसियट प्रोड्युसरको रूपमा मनोज सापकोटा रहनुभएको छ । साउनबाट ओे.एस.आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई पाँच लाख नगद पुरस्कार र वल्र्ड टुर गर्न पाउने बताइएको छ ।

‘नेपहप श्रीपेच’ हुँदाहुँदै अर्को कार्यक्रम किन आवश्यक पर्‍यो भन्ने प्रश्नमा ‘र्‍याप गायक र ब्याटल गायकबीच भिन्नता हुने भएकाले पनि ‘ब्याटल भूमि’ कार्यक्रम निर्माण गर्न लगेको निर्माताले बताउनुभयो । साथै उक्त कार्यक्रममा ‘नेपहपको श्रीपेच’मा सहभागी ‘डी एन एक्स’को चर्चित गीत ‘इन्टु मिन्टु लण्डन’को अफिसियल भिडियो ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने घोषणा गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?