जिम नियमित जान्छु : पुष्प खड्का

Read Time = 2 mins

काठमाडौं । अभिनेता पुष्प खड्काले आफ्नो फिटनेशमा ध्यान दिने बताउनुभएको छ । पुष्पले चलचित्र ‘मारुनी’को छायांकनको समयदेखि मात्र आफूले फिटनेशनमा बढी ध्यान दिन थालेको बताउनु भएको हो ।

बुधबार बौद्धमा एक वर्षअगाडि स्थापना भएको एस आई फिटनेशको ब्राण्ड एम्ब्यासडरमा नियुक्त भएपछि मिडियाकर्मीसँग कुरा गर्दै पुष्पले भन्नुभयो, ‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ ।

चलचित्र ‘एक्स ९’का लागि मैले ७-८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनुपरेको छ ।’ पुष्पले नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाइलाई देख्छु ।’

नायक खड्काको क्रेज र जिमप्रतिको लगाव देखेर आफूले ब्राण्ड एम्ब्यासडरमा नियुक्त गरेको एस आई फिटनेशनका सञ्चालक कुमार स्याङ्बोले जानकारी दिनुभयो । उहाँले अहिले फिटनेश सेन्टरमा तीन सयजना नियमित रूपमा जिम गर्न आउने गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?