काठमाडौं । सिमेन्ट उत्पादक संघले हालै बागमती प्रदेशद्वारा प्रस्तुत बजेटको स्वागत गरेको छ । बागमती प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक आर्थिक वर्ष २०७९/०८० बाट स्वदेशमा स्थापित सिमेन्ट/क्लिंकर उत्पादन गर्ने उद्योगको संरक्षण तथा संवद्र्धन गर्न दोहोरोतेहेरो कर नपरोस् भनी प्रस्तुत विधेयकबाट कानुनबमोजिम चुनढुंगा खानीको अनुमति लिइ सञ्चालनमा रहेका सिमेन्ट उद्योगले प्रयोग गर्ने चुनढुंगामा कर नलाग्ने व्यवस्थाको उसले स्वागत गरेको हो ।
त्यस्तै र प्रदेशभित्र उत्पादन हुने सिमेन्टको हकमा कारखाना मूल्यको ०.२५ प्रतिशतका दरले लिइरहेको प्राकृतिक स्रोत शुल्क बजेटमार्फत् खारेज भएकोमा पनि खुसी व्यक्त गरेको छ । स्वदेशी उत्पादनमूलक उद्योगलाई संरक्षण गर्ने नीति लिइएको उक्त विधेयकबाट देशमा प्रचुरमात्रामा उपलब्ध रहेको कच्चा पदार्थ चुनढुंगाको उपयोगमा उल्लेखनीय वृद्धि हुुनुका साथै उद्योग पूर्णक्षमतामा सञ्चालन भएमा एक खर्ब ५० अर्बभन्दा बढीको निर्यातको सम्भावना रहेको संघका अध्यक्ष ध्रुव थापाले बताउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको