बिहीबार यी काम गर्दा भाग्य बढ्छ !

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले बिहीबार गुरु बृहस्पति तथा भगवान् श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्छन् । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्छ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ । बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ ।

धार्मिक मान्यता अनुसार साताका सात दिनमा सातै किसिमको महत्व छ । अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ ।

बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्छ भन्ने विश्वास गरिन्छ । जुनसुकै कामको दुई पाटो हुन्छ। त्यसैले धार्मिक महत्वका साथ गरिने पूजाआजामा पनि दुई महत्व हुन्छ । त्यसैले गर्न हुने र नहुने विषयलाई ख्याल गर्नुपर्छ ।

हामीमध्ये धेरैले बार हेरेर काम गर्छौ । धर्मशस्त्रमा कुन बार के काम गर्दा शुभ र के काम गर्दा नशुभ भन्ने बारेमा उल्लेख गरिएको छ।

बिहीबारका दिन धर्मकर्म गर्नु, अध्ययन गर्नु लगायतका काम गर्नु शुभ मानिन्छ। आज हामी तपाईलाई बिहीबार के काम गर्दा शुभ फल मिल्छ भन्ने बारेमा जानकारी दिदैछौँ ।

 

बिहीबारको दिन के गर्दा सुभफल मिल्छ ?

१. पहेँलो वस्तु दान गर्नुहोस्

२. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्

३. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस्

४. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस्

५. केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस्

६. केरा दान गर्नुहोस्

 

बिहीबार के नगर्ने ?

१. कपाल नुहाउनु हुँदैन

२. रौं काट्नु हुँदैन

३. दारी काट्ने वा नङ काट्ने

४. भारी कपडा धुनु र फोहोर गर्नु हुँदैन

५. लक्ष्मीको मात्र पूजा पनि गर्नु राम्रो मानिदैन

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?