सत्ताईस पदक सहित बिद्योदय राष्ट्रपति कपमा पहिलो

हिमालय टाइम्स
Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आयोजित तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुल सत्ताईस पदक सहित जिल्लाको बिद्योदय माध्यामिक बिद्यालय पहिलो बन्न सफल भएको छ । भोजपुर नगरपालिका स्तरीय प्रतियोगिताका बिभिन्न खेलमा बिद्योदय उत्कृष्ट भएको हो ।

नगरपालिका अन्तर्गत १२ वडाका ५ बिद्यालयको सहभागिता रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिद्योदयले २३ स्वर्ण, ३ रजत र १ कास्य गरी २७ पदक सहित प्रथम भएको हो । यस्तै ४ स्वर्ण, ८ रजत र २ कास्य सहित कालिका माध्यामिक बिद्यालय हेलौछा दोश्रो भएको छ । देवीथान माध्यमिक बिद्यालय १ स्वर्ण, १० रजत र ५ कास्य गरी तेश्रो बनेको छ ।

प्रतियोगितामा बिद्योदय मावि, कालिका माबि, देवीथान माबि, यसोधरा मावि र जनकल्याण माविले भाग लिएको आयोजकले जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयको तत्वाधानमा राष्ट्रिय खेलकुद परिषद तथा भोजपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता संचालन भएको खेल संयोजक शिवनाथ ठाकुरले जानकारी दिनु भयो ।

बिजयी बिद्यालयहरुलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, ७ का वडाध्यक्ष जयबहादुर तामाङ लगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र बितरण गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?