र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाण्डौ । र्‍याप रियालिटी शो नेपहपको श्रीपेच पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भैसकेको छ । दर्शकले उक्त शोलाई अत्यधिक मन पराए सँगै चौतर्फी रूपमा चर्चा पनि कमाएको छ । यसलाई मध्यनजर गर्दै उक्त टिमले पुन: नयाँ शोको घोषणा गरेका छन् । बुधवार एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो ।

‘ब्याटल भूमी’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन मार्फत सहभागी हुन सक्नेछन् । २२ जुन (आज) बेलुका ५ बजे देखी २ जुलाईसम्म अडिसन खुल्ला रहने निर्माण पक्षले जनाएको छ । सहभागीता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइट  www.nepalrap.com मा गएर डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ ।

सुदिप पोख्रेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् । ब्याटल भुमीुमा जजको रूपमा मानस घले , कवि जी रहेका छन् भने अर्का एक जजको घोषणा गरिनेछ । यस्तै कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् । साथै कार्यक्रमको असोसियट प्रोड्युसरको रूपमा मनोज सापकोटा रहेका छन् । श्रावणबाट ओे.एस.आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई रु ५,००,००० नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ ।

नेपहप श्रीपेच हुँदा हुँदै अर्को कार्यक्रम किन आवश्यक पर्‍यो भन्ने प्रश्नमा र्‍याप गायक र ब्याटल गायक बिच पनि भिन्नता हुने भएकाले पनि ब्याटल भुमी कार्यक्रम निर्माण गर्न लागेको निर्माताले बताए । साथै उक्त कार्यक्रममा नेपहपको श्रीपेचमा सहभागी डि एन एक्सको चर्चित गीत इन्टु मिन्टु लन्डनको अफिसियल भिडियो ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने पनि घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?