उदयपुरको जिसस प्रमुखमा एकीकृत समाजवादीबाट विश्वकर्मा र उपप्रमुखमा कांग्रेसबाट गिरी

Read Time = 2 mins

उदयपुर । उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली कांग्रेसका तेजप्रसाद गिरी निर्वाचित हुनुभएको छ ।

कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर उहाँ विजयी हनुुभएको हो। निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मत पाउनु भयो । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ कांग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए । एमालेका पाँच मतदाता थिए ।

जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा माओवादी केन्द्रकी गोमा कार्की, बिन्दाकुमारी विश्वकर्मा र कांग्रेसबाट मन्जुकुमारी परियार निर्वाचित हुनुभयो ।

दलित तथा अल्पसंख्यक सदस्यबाट ‍माओवादी केन्द्रका पदकुमार राई, सदस्यहरूमा माओवादी केन्द्रका इन्द्रबहादुर थापा, कांग्रेसका विष्णु कटुवाल, भीमचन्द्र राई निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गठबन्धन दलहरूबीच एकीकृत समाजवादीले समन्वय प्रमुख र कांग्रेसले उपप्रमुख पाउने सहमति भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?