दिल्लीबाट आयो ‘भारत गौरव पर्यटक रेल’, भारतीय पर्यटकले भने: ‘वास्तवमे जनकपुरधाम तारिफ लायक हैं’

Read Time = 6 mins

-पुरन साह

जनकपुरधाम । करिव छ सय भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ मधेशको राजधानी जनकपुरधाम आइपुगेको छ । पर्यटनको विकास र हिन्दु धार्मिक सम्पदाको विकास प्रचार प्रसारका लागि भारतको दिल्लीबाट जनकपुरधाम आइपुगेको रेलमा आएका पर्यटकहरु खुसीले गदगद देखिए ।

यो लामो रेल भारतको राजधानी दिल्लीबाट नेपाल मधेशको राजधानी जनकपुरधाम ‘भारत गौरव पर्यटक रेल’ का रुपमा जनकपुरधाम आइपुगेको हो । धार्मिक विभिन्न धर्मका तस्वीर र सदभाव दर्शाउने तस्वीरहरु अंकित रेलमा करिव छ सय पर्यटकहरु घाम छेक्न चाहिने छाता सहित विभिन्न बन्दोबस्त गरी जनकपुरधाम आइपुगेका छन् ।

अयोध्या नरेश भगवान राम र मिथिलाकी राजकुमारी माता जानकीको जन्म स्थल क्रमश भारतको अयोध्या र नेपालको जनकपुरधाम सहित रामायण सर्किटको पर्यटन विकासका लागि मुख्यतः यो रेल जनकपुरधाम आइपुगेको हो ।

प्राचीन मिथिलाको राजधानी र हाल मधेशको राजधानी जनकपुरधामको आतिथ्यता र सेवा सत्कारले आफुहरुको खुसीको सीमा नरहेको पर्यटकहरु बताउँछन् । पर्यटकहरु माता जानकीको माइती जनकपुरधाम वास्तवमै सुनेको भन्दा पनि बढी सदभावयुक्त रहेको बताए । रेल जनकपुरधाम पुग्ने वितिकै दुवै देशका नागरिकहरुले 'जय जय सियाराम'को नारा घन्काउन थालेपछि वातावरण नै रमणीय बनेको छ । जनकपुरधाममा भगवा रंगको जय सियाराम लिखित झन्डा बजार क्षेत्रमा सजाइएको छ ।

पर्यटकहरु प्रसिद्व श्री जानकी मन्दिर, साँझ हुने महागंगा आरती, शुक्रबार धनुषाधाम सहितका जनकपुरधाम र यसक्षेत्रका सम्पुर्ण धार्मिक सम्पदा र कुट्टी र कुण्डहरुको दर्शन अवलोकन गर्नेछन् । उनीहरुको स्वागतमा रेल्वे स्टेशन पुग्नुभएका मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत र पर्यटन मन्त्री शत्रुधन महतोले यो यात्राबाट प्रचार प्रसार र रामायण कालिन स्थलहरुको पर्यटक विकासका लागि सम्भाव्यता खोज्ने थए एक कदम रहेको बताउनु भयाे ।

जनकपुरधामका मेयर मनोज कुमार साह र श्री जानकी मन्दिरका सहायक महन्त राम रोशन दासले जनकपुरधाम र अयोध्याधामलाई भगिनी धार्मिक शहरको रुपमा विकास गर्न यस यात्राले थप बल पुग्ने बताउनु भयो । वीरगंज स्थित महाबाणिज्य दुतावासका महाबाणिज्य दुत निनेश कुमारले यात्रा रामायणबाट रामायण सर्किटको विकासका अनेकन सम्भावयता र अगामी प्रयासहरुको बाटो खोल्ने र दुई देश बिच त्यसका लागि छलफलको वातावरण समेत बनाउने बताउनु भयो ।

जनकपुरधाम आएका पर्यटकहरु तत्कालीन मिथिलाको राजधानी जनकपुरधाम देखि माता जानकी उत्पती भएको सथल भारतको सितामढी सम्म बसबाट यात्रा गर्नेछन् । रेल भने बिना पर्यटक आजै जनकपुरधामबाट सितामढी पुग्ने छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको रेल र पर्यटकहरुको स्वागतका लागि जनकपुरधामका उद्योगी, पर्यटन व्यवसायीहरु समेत एकजुट भएर सक्रिय छन् । भारतीय राजदूतावासका अनुसार यो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला र धार्मिक सदभाव र भाईचारा दर्शिने जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायत झल्को चित्रित छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?