काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधिश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानबिन भईरहेको बताउनु भएको छ ।
मन्त्री कोइरालाले जिल्ला न्यायाधिश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानवीन समितिनै गठन गरिएको स्पष्ट पार्नु भयो ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले न्यायालय सुधारका लागि सरकारले अभियाननै संचालन गरिएको दावी गर्नु भयो ।
न्यायाधिशको नियुक्ती नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढदै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराउनु भयो ।
उहाँले भन्नु भयो, ‘विगत केही समयदेखि यतिधेरै न्यायलयहरुप्रतिको आस्था गिर्दै गएको छ । जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजविन गर्दैछौं । कति ठिक, कति बेठिक भनेर छानवीन गर्न समितिनै गठन गरिएको छ । त्यो घटना बाहेकलाई हेर्ने हो पनि न्यायालय भित्र विकृति र विसंगति थियो । त्यसका विरुद्ध आन्दोलन पनि भयो । त्यसलाई सुधार गर्नका लागि अभियाननै संचालन गरिएको छ । त्यसको सुरुवात नियुक्ती बाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ ।’
मन्त्री कोइरालाले न्यायालय भित्रको गिर्दे आस्थालाई जोगाउन सरकार लागि परेको पनि बताउनु भयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :