भोट हाल्न आउँदा हजुरआमाको हत्या गर्ने नाती पक्राउ

Read Time = 3 mins

-चिसाङ शेर्पा
खोटाङ । खोटाङमा हजुरमाको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

हजुरमाको हत्या गर्ने जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा डढुवा घर भई झापाको गौरादह नगरपालिका–३ धोविनीचोक बस्दै आएका २९ वर्षीय हरि भनिने निर बहादुर खड्का पक्राउ परेका हुन् ।

खड्काले बैशाख २६ गते स्थानीय तहको निर्वाचनमा भोट हाल्न भनि सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकबाट चिसापानी ल्याउदै गर्दा बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदिको बगरमा ७७ वर्षीया हजुरमा तुलसा खड्कालाई मारी खाल्डामा पुरी फरार थिए ।

फरार अभियुक्त हरिलाई प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा झापाको मेचीनगर नगरपालिका– ६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रबाट लुकिछिपी बसिरहेको अवस्थामा हिजो पक्राउ गरिएको डिएसपी उमेश लम्सालले बताउनुभयो ।

बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गर्दै मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसूर(कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घट्नाका बारेमा थप अनुसन्धान भईरहेको डिएसपी लम्सालले बताउनुभयो ।

३१ बैशाखमा बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदिको बगर बालुवाको खाल्डो भित्र शंकास्पद अवस्थामा सडिगली किराऔसा परेको बेवारिसे लाश फेला परेको थियो । मृतक लाशको थप अनुसन्धान गर्दै जाँदा उक्त लाश मृतक खड्काको भएको भन्ने खुलेको थियो ।

पारिवारीक विवादका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?