रुपन्देही कोभिड विरुद्धको खोप नेपालमै पहिलो जिल्ला

Read Time = 4 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देही जिल्लामा कोभिड विरुद्धको खोप लगाउने जिल्लामा नेपालमै पहिलो जिल्ला भएको छ ।पहिलो चरणको खोप लगाएका जनताले अन्य जिल्लाहरुमा दोस्रो चरणको खोप नलगाएको पाईने गरेकोमा रुपन्देहीमा भने पहिलो र दोस्रो चरणको खोप लगाउनेको संख्या बराबर देखिएको हो ।
जिल्ला स्वास्था कार्यालय रुपन्देहीको तथ्यांक अनुसार जिल्लामा पहिलो डोज र दोस्रो डोज को कोभिड विरुद्धको खोप लगाउनेहरुको संख्या अझ बढि देखिएको हो ।जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार जिल्लाका १ सय २ प्रतिशतले कोभिडको पहिलो र दोस्रो खोप को मात्रा लगाएका छन् ।

प्रदेशका अन्य जिल्लाहरुमा भने भने पहिलो डोज लगाएकाहरुले दोस्रो चरणको खो लगाएको पाइएको छैन । रुपन्देही जिल्लाका सबै पालिकाहरुमा अधिकांस पहिलो चरणका खोप लगाएकाहरु भन्दो दोस्रो चरणको खोप लगाउनेको सख्या बढि पाइएको छ ।

अन्य जिल्लामा पहिलो चरणको खोप लगाएका तथा अन्य जिल्लाबाट बसाईसराईगरी आएकाहरुले समेत दोस्रो डोजको खोप लगाएको कारण मात्रा बढेको कार्यालय प्रमुख ढकालको भनाई रहेको छ ।

पूर्ण खोप लगाएका रुपन्देहीका ७ वटा पालिका पुर्ण खोप पालिका समेत घोषणा भैससकेका छन् खोप अधिकृत भेषराज शर्माका अनुसार सैनामैना, तिलोत्तमा, ओमसतिया, मर्चवारी, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकाले पुर्ण खोप पालिका घोषणा गरिसकेका छन् । यस्तै लुम्बिनी सास्कृतिका नगरपालिकाले पनि दोस्रो खोप लगाएर अव घोषणा मात्रै बाँकी रहेको खोप अधिकृत शर्माको भनाई छ ।
रुपन्देही जिल्लामा आएको १८ लाख ८२ हजार ६ सय ३१ खोप मध्ये अझै ७ सय डोज बढि भेरोसेल खोप बाँकी रहेको छ । लुम्बिनी प्रदेशका सबै जिल्ला खोप लगाउने जनसंख्याको २२ प्रतिशत रुपन्देही जिल्लाबाट लगाएको जिल्ला स्वाथ्य कार्यालयको तथ्यांक छ ।

जिल्लामा ८ लाख ३८ हजार ७९० जनालाई खोप लगाउनुपर्ने लक्ष्ण भएकोमा ८ लाख ४२ हजार जनाले खोप लगाएका छन् । यो अवधीमा जिल्लाका ३ लाख भन्दा बढिले बुस्टर डोज खोप समेत लगाएका छन् । कुल खोप लगाएको जनसंख्याको ४६ प्रतिशत बुस्टर खोप लगाइएको जिल्ला स्वाथ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माको भनाई रहेको छ ।

पहिलो चरणको विद्यालय केन्द्र ५ बर्ष देखि ११ बर्ष उमेर समुहका बालबालिकालाई कोभिड खोप प्रदान गरिएको छ भने दास्रो चरणको अवको केही दिनमा सुरु हुदै छ । जसमा १ लाख ४४ हजार ८ सय ५५ जना बालबालिकाले पहिलो चरणको कोभिड खोप लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?