पूर्व-माओवादी धार : कुरा एकता र धुव्रीकरणका, काम विभाजन

हिमालय टाइम्स
Read Time = 8 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रायः बोलिरहने एउटा कुरा हो, पूर्व-माओवादी एकीकरण । उहाँले केही दिनअघि मात्रै एक सार्वजनिक कार्यक्रममा यसबारे बोल्नुभएको थियो गत बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मुलुकको परिवर्तनलाई रक्षा गर्न सबै पूर्व-माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दाबी गर्नुभएको थियो । ‘एकता र विभाजनको शृंखला पार गरेर हामी यहाँ आइपुगेका हौँ,’ उहाँको भनाइ थियो, ‘अब चाहिँ करिब-करिब सबै पूर्व-माओवादीहरू एकठाउँमा आउने वातावरण बनेको छ । विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ ।’ हुन त प्रचण्डले यसो भनेको यो पहिलोपटक थिएन । उहाँले पूर्व-माओवादी एकताबारे बेलाबेलामा यस्ता अभिव्यक्ति दिने गर्नुभएको छ । पूर्व-माओवादी एकीकरण वा धुव्रीकरणबारे प्रचण्ड मात्रै होइन अन्य नेताहरूले पनि बारम्बार बोल्दै आएका छन् । झण्डै दर्जन हाराहारी समूहमा विभाजित माओवादी एकीकरणको आवश्यकता नेताहरूले पटक-पटक महसुस गरे पनि उल्लेख्य प्रगति भने हुन सकेको छैन ।

२०६२÷०६३ सालको परिवर्तनपछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी अहिले चिराचिरामा विभाजित छ । मूलधारका रूपमा प्रचण्ड नेतृत्वमा माओवादी केन्द्र रहे पनि तत्कालीन प्रभावशाली नेताहरू विभिन्न समूहमा विभाजित छन् । प्रचण्डबाहेक डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, गोपाल किराती, आहुतिलगायत नेताहरू छुट्टाछुट्टै समूहमा विभाजित छन् । विभाजनको शृंखला अहिले पनि जारी छ । केही दिनअघि मात्रै विप्लव नेतृत्वको नेकपा विभाजित भएको थियो ।

माओवादी धारलाई धुव्रीकृत गर्ने भन्दै विप्लव नेकपाका चार नेताले गरे पार्टी परित्याग
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका चार नेताले पार्टी परित्याग गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित चार नेताले पार्टीबाट अलग्गिएको घोषणा गरेका हुन् । राजीनामा दिनेमा पुनसहित केन्द्रीय सल्लाहकार शंकरबहादुर खड्का, महाकाली इञ्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार हुनुहुन्छ । ‘हामी कमरेड किरणदेखि कमरेड विप्लवको नेतृत्वमा पार्टी निर्माण तथा पुनर्निर्माण सँगसँगै यहाँसम्म आएको कुरा सर्वविदितै छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धार र बाटो बदल्ने निर्णयमा पुगेका छौँ ।’

माओवादी धारलाई एकीकृत र धुव्रीकृत गर्ने वस्तुगत आवश्यकता महसुस गरी त्यसकै प्रयासस्वरूप पार्टीबाट अलग भएको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाल कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान् जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारलाई एकीकृत र धुव्रीकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरी त्यसकै प्रयासस्वरूप हामीले आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी जनताले आफ्नो पार्टीलाई दिएको दाबी गर्नुभएको छ । बिहीबार ललितपुरमा स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले १२२ पालिका जित्नु ठूलो कुरा भएको बताउनुभयो । यही जनमत नै देशको राजनीतिको बागडोर कता लैजाने भन्ने चाबी भएको उहाँकोे भनाइ छ । ‘हाम्रो पार्टीले सोचेजस्तो परिणाम आएन । कम्तीमा पनि ठिक ढंगले जाँदा १७० र १७५ आउँछ भन्ने थियो । एमाले १६०/७० मा झर्छ भन्ने सोचेका थियौँ,’ उहाँले भन्नुभयो, ‘हामीले आंकलन गरेको जति आएन । १२२ पालिका जित्यौँ । यो भनेको पनि धेरै हो । देशको राजनीतिको वागडोरलाई कता लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई नै जनताले दिएका छन् ।’

एसपिपी केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै स्वीकृत गरेको दाबी
सन् २०१५ मा केपी ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको बेला एसपिपी अघि बढेको र २०१९ मा ओली नेतृत्वको सरकारले नै त्यसमा सहमति गरेको पत्र भेटिएको उहाँले बताउनुभयो । तर, ओली गुटले सत्तारूढ गठबन्धनले एसपिपी अघि बढाए जसरी प्रचार गरेर झुट र बेइमानी गरेको उहाँको आरोप थियो । ‘एमसिसी संसद्बाट पारित गर्ने काम एमाले, केपी गुटले गरेको हो ।

एसपिपी सम्झौता २०१५ मा केपी ओली प्रधानमन्त्री र रक्षामन्त्री भएको बेला सैद्धान्तिक सहमति भएको अब छयाङ्गै भएको छ । केपी ओलीले नै त्यो राष्ट्रघात गरेको हो । तर, अहिले यो गठबन्धनले गरेको जस्तो गरी झुटो प्रचार गरिएको छ,’ उहाँले भन्नुभयो, ‘ओली गुटले संसद्मा एसपिपी राष्ट्रघाती, हामी बडो राष्ट्रवादी भनेर बोले । त्यसको तीन घण्टापछि त पत्रै फेला पर्‍यो ।’ अध्यक्ष दाहालले एमसिसी सम्झौतामा राष्ट्रघात हुन नदिन आफूले नै संसद्बाट त्यसमा १२ बुँदे घोषणा गराएको दोहोर्‍याउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?