ओलम्पिक दिवसमा जुडोको प्रभातफेरी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ओलम्पिक दिवसका अवसरमा नेपाल जुडो संघले बुधबार प्रभातफेरी कार्यक्रम आयोजना गर्‍यो । नयाँबजारको खुशिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) बाट सुरु भएको प्रभातफेरी विभिन्न भागको परिक्रमा गरी पुनः एमएमएसीमै आएर टुंगिएको थियो ।

प्रभातफेरीमा नेपाल जुडो संघका पदाधिकारी, ओलम्पियन, खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो । सोही अवसरमा नेपाल जुडो संघका उपाध्यक्ष बाबुराजा महर्जनलाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा ७ को अध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले महर्जनलाई सम्मान गर्नुका साथै बधाई दिनुभएको थियो । ओलम्पिक दिवसकै अवसरमा पूर्वमेचीदेखि सुदूरपश्चिमसम्म विभिन्न जिल्ला, डोजो, विभागीय क्लबमा गरी २२ कार्यक्रम आयोजना गरेको अध्यक्ष बज्राचार्यले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?