ललितपुरको जिएचसिए सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए), ललितपुर यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसिए समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । जिएचसिएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) लाई हराएको थियो ।

मूलपानी क्रिकेट मैदानमा जिएचसिए एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । एन्जल्सले ११.१ ओभरमा पूरै विकेट गुमाएर मात्र ३३ रनको सामान्य योगफल खडा गर्‍यो । एन्जल्सका सन्देश भण्डारीले ९ बलमा ८ रन बनाउनुभयो । बलिङतर्फ ‘म्यान अफ द म्याच’ जिएचसिएका साइमन रोयले ४ ओभरमा १ मेडन फाल्दै १.७५ को औसतमा मात्र ७ रन दिनुभयो । अजय यादवले ३ तथा रूपेश यादवले २ विकेट हात पार्नुभयो ।

जवाफमा जिएचसिएले ५ ओभरमा बिनाविकेट क्षति लक्ष्य पूरा गर्‍यो । जिएचसिएका अली अक्बर अन्सारीले १६ बलमा १८ तथा लक्की कठायतले १४ बलमा १५ स्कोर गर्नुभयो ।

बागमती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जिएचसिएको काठमाडौं टोली पनि जित निकाल्न सफल भयो । जिएचसिएले कालिकोट जिल्ला क्रिकेट संघलाई ६ विकेटले हरायो ।

पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको कालिकोटले १२.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन जोड्यो । कालिकोटका विश्वास खत्रीले २३ बलमा १२ तथा कृष भण्डारीले २२ बलमा ८ रन बटुल्नुभयो । जिएचसिएका परिक्षित ढकाल र दीपेन्द्र भण्डारीले ४-४ विकेट लिनुभयो । ‘म्यान अफ द म्याच’ परिक्षितले ३ ओभरमा १.७० औसतमा ५ रन दिनुभयो ।

जिएचसिएले १२.१ ओभरमा ४ विकेट क्षतिमा ४६ रनको लक्ष्य पूरा गर्‍यो । जिएचसिएका अनुभव खनालले १७ बलमा ११ रन जोड्नुभयो । कालिकोटका म्याट्रिक थापाले २ विकेट झार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?