अर्थतन्त्र पूर्णरूपमा ‘टाट पल्टियो’ : प्रधानमन्त्री विक्रमसिंघे

Read Time = 3 mins

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघेले अर्थतन्त्र पूर्णरूपमा टाट पल्टिएको छ बताउनुभएको छ । बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमसिंघले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताउनुभएको हो ।

पछिल्लो समय श्रीलंकाले इन्धन, विद्युत् र खाद्यान्नमा चरम अभाव झेल्दै आएको छ । श्रीलंकाली अर्थतन्त्रलाई ‘ट्याक’ मा ल्याउन अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको पनि उहाँले बताउनुभयएको छ । ‘हाम्रो अर्थतन्त्र पूर्णरूपमा टाट पल्टिएको छ,’ उहाँले भन्नुभयो ।

विदेशी मद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ‘टाट पल्टियो’उहाँको भनाइ थियो । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेको भनाइ छ । यो भन्दा चर्कियो भने के हुन्छ भन्न नसकिने उहाँको भनाइ थियोे ।

विक्रमसिंघे हालैमात्र प्रधानमन्त्री बन्नुभएको हो । उहाँ विगतमा पनि प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री भएपछि विभिन्न तरिकाले प्रयास गरेर अर्थतन्त्र सुधार्न खोजिरहनुभएको छ । तर, अर्थतन्त्र सुध्रने हालतमा छैन ।

श्रीलंकामा विदेशी मुद्रा सञ्चिति र भुक्तानी सन्तुलनको संकट चरम छ । यसले गर्दा अत्यावश्यक चिजहरू उपलब्ध हुन सकेका छैनन् । इन्धनका लागि लामो लाइन, लोडसेडिङ र मूल्यवृद्धि चरम छ । श्रीलंकाले स्वतन्त्रता प्राप्त गरेपछि सामना गर्नुपरेको यो सबैभन्दा कठिन समय भएको छ । कुनै बेला दक्षिण एशियाकै समृद्ध मुलुक श्रीलंका यतिबेला टाट पल्टिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?