सुकीलाई नजरबन्दबाट एकान्त कारावासमा

Read Time = 1 min

यांगुन । भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीलाई एकान्त कारावासमा सारिएको छ । आपराधिक कानुन बमोजिम उहाँलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताउनुभएको हो ।

सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुकीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो भनेपछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।

लोकतन्त्रका निम्ति गरेको अनवरत संघर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाउनुभएकी ७६ वर्षीया सुकीमाथि सैनिक सरकारले मतदानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत विभिन्न आरोप लगाएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?